मैथिली कला, संस्कृति र साहित्यको स्वाद छाउने क्रम राजधानीमा बढ्दै

MNN REPORTER Report | 7 May 2009 | Views: 695

काठमाडौं, २४ वैशाख । मैथिली संगीतको पारखी हुनुहुन्छ भने अर्को सातासम्म तपाईं नयाँ स्वाद पाउनुहुने छ ।

केही उत्साही युवा प्रतिभाले समसामयिक सन्देश मिसाएर नयाँ गीतहरू सार्वजनिक गर्दै छन् जहाँ मैथिली लोकसंगीतसँग आधुनिकताको फ्युजन हुने छ । कटवाल प्रकरणले सडक जाम भएको हालैको एक दिउँसो नेपाल पुलिस क्लबभित्र दुई युवा गाइरहेका थिए । स्वरको शैली मात्र होइन, शब्द पनि भिन्न । उनीहरू शब्दशब्दमा युवापीडा, आक्रोश र जागरण व्यक्त गरिरहेका थिए । मैथिली एल्बम 'डेग' को तीव्र तयारी भइरहेको थियो, युवा गायिका मुनचुन देव र गायक अविनाश मिश्र निकै जोसिलो हाउभाउसहित माइक्रोफोनमा आवाज फ्याँकिरहेका थिए-

नव तुरियोके होइक पुछारी,

चाही एहन विधान रे...

अर्थात्, हामी युवालाई समेटिने र ख्याल गर्ने संविधान चाहियो ।

यी दुईसँगै मैथिली संगीतकार तथा सञ्चारकर्मी धीरेन्द्र पे्रमषर्ी पनि थिए, निकै हैरानीमा । उनी घरि मुनचुनलाई स्केलमा ख्याल पुर्‍याउन आग्रह गर्थे, घरि अविनाशलाई । बाहिर केहीबेर गीत सिकाएपछि स्टुडियोमा पसेका उनको हैरानीले नै उनी समकालीन मैथिली धारभन्दा भिन्न काम गर्दै छन् भन्ने देखाउँथ्यो । 'मैथिली युवा अधिकारका लागि गरिएको सिर्जना हो,' उनले भने, 'खै यसलाई के हैरानी भनूँ ?'

जे होस्, १८ वर्षे अविनाश र २२ वषर्ीया मुनचुनलाई ट्रयाकमा गाउन लाउनु उनलाई त्यति सजिलो भने भएन । लगातारको प्रयासपछि सही ट्रयाकमा स्टुडियो गुन्जिन थाल्यो-

सभ संघर्ष मे जे अछि अगुआ,

से अधिकार मे लगुआ भगुआ

ओकर भावना रङ बनाकऽ, कबिलाहा सभ खेलए फगुआ

करैत खिलाफत एहन कुरीतिक जागल नौजवान रे

नव तुरियोके होइक पुछारी,

चाही एहन विधान रे...

'मिथिलामा अनेक सिर्जनशील युवा छन् तर तिनका सिर्जनाको खासै उपयोग भइरहको छैन्, जसकारण ती युवा कुबाटोमा लागेका छन्,' धीरेन्द्र भन्दै थिए, 'यो राज्यको विभेदका कारण भएको

हो । मैथिली युवालाई अधिकार प्राप्तिको अनुभूति राज्यले गराउनुपर्छ ।'

मुनचुनले त्यसै भनिन् । 'गीतहरूमा चेतना र अधिकार दुवै हुनुपर्ने र त्यसैका लागि आफूहरू लागिपरेको' उनले बताइन् । शंकरदेव क्याम्पसमा बीबीएस गरिरहेकी उनले यसअघि दर्जनभन्दा बढी मैथिली गीत गाएकी छन् ।

'मैथिली गीतमै नयाँ प्रयोग भएको एल्बममा काम गर्न पाउँदा रमाइलो र खुसी अनुभूत भइरहेको छ,' मुनचुनले भनिन् । संगीतकार प्रेमषर्ीले प्रस्ट्याए, 'मैथिली लोकसंगीतसँग आधुनिकताको फ्युजन हो ।' कला, साहित्य, गीत, संगीत सबै पक्ष आधुनिकताको प्रभावबाट टाढा रहन नसक्ने उल्लेख गर्दै उनले भने, 'तर आधुनिकताका नाउँमा सिर्जनालाई तिलाञ्जली दिनु हुँदैन ।'

गीत गाइसकेपछि अविनाशको अनुहार भने रातोपीरो थियो । 'कम्पोज धेरै राम्रो छ,' उनले भने । साहिल अनवर, पुनम ठाकुर, रोशन जनकपुरी, रूपा झा, मीना ठाकुर, श्रीराज र धीरेन्द्रकै शब्द रहेका आठ गीत एल्बममा हुने छन् । संगीत सबै धीरेन्द्रकै ।

गायक पनि प्रायः तन्नेरी नै छन्- आभास लाभ, हरिशंकर चौधरी, सन्तोष झा, मुकेश पि्रयदर्शी, विश्वनाथ झा, राजकुमार त्यागी, शिवचन्द्र दास । प्रेमषर्ी आफैंले पनि गाएका छन् ।

केहीयता मैथिली कला, संस्कृति र साहित्यको स्वाद छाउने क्रम राजधानीमा बढ्दै छ ।

मैथिली मौलिकताका अनेक पक्षमा बहस गर्दै अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सकेको साता नबित्दै नेपाल-भारत मैथिली लोकचित्र कार्यशालामा चित्रकारहरू जमे जहाँ भारतका मधुवनी, लखनउदेखि वीरगन्ज र जनकपुरसम्मका चित्रकार सामेल थिए । लोकसंगीतको नयाँ प्रयोगलाई भने अर्को सातासम्म कुरौं ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal