लेखिका आन्बिकाको कृति 'कम्युनिष्ट' विमोचित
MNN REPORTER Report | 5 Feb 2010 | Views: 284
काठमाडौं माघ २२ (मि सं)। उमेरले कम भइकन पनि पत्रकारितामा कलम चलाउन जाँगर साहस बोकेकी एक उदीयमान पत्रकारले साहित्य जगतमा पुस्तक लेखेर नयाँ पाइलो चालेकी छिन् ।
पेशाले पत्रकार आन्बिका गिरीले लेखेको कथा सँग्रह कम्युनिष्टको विमोचन शुक्रवार गुरुकुलको हलमा उपान्यासकार तथा प्रगतिशील लेखक नारायण ढकालले गरेका थिए । गिरी अन्नपूर्ण पोष्टसँग सम्बद्ध छिन् ।
लेखिका गिरीको कृति एक प्रखर माझिएको लेखकले लेखेको जस्तो भन्दै विमोचन समारोहमा आमन्त्रित विशिष्ट वक्ताहरुले युवाका साहित्यिक प्रतिभाहरु बिस्तारै प्रस्फुटन हुँदै आएको भनी प्रशंसा गरे ।
लेखिका गिरीको कथा सँग्रह कम्युनिष्टको विमोचन समारोहको आयोजना रिडर्स क्लब नेपालले गरेको थियो । विमोचन कार्यक्रममा उपान्यासकार नयनराज पाण्डे, युवराज नयाँघरे, दिनेश अधिकारी, श्रीकृष्ण धरावासी, प्रतीक ढकाल, गोविन्द वर्तमान, युग पाठक लगायतले लेखिका गिरीको साहित्यिक प्रतिभाको कदर गर्दै आ-आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा प्राज्ञ तुलसी दिवसको पनि उपस्थिति थियो ।
लिग चरणमा नेपालले अफगानिस्तानलाई ३-० ले पराजित
MNN REPORTER Report | 10 Dec 2009 | Views: 372
काठमाण्डौ, २५ मंसिर । बंगलादेशको ढाकामा जारी छैटौं साफ च्याम्पियनसिपको समूह 'बी' को लिग चरणमा आज नेपालले अफगानिस्तानलाई ३-० ले पराजित गरेको छ ।
यस जितका साथै नेपालको सेमीफाईनलमा पुग्ने आशा बाकी नै रहेको छ।
आजको खेलमा मध्यान्तर सम्म दुबै पक्षले कुनै गोल गर्न सकेको थिएन। यसबाट नेपाली टिममा थप दवाव परेको थियो। तर खेलको ५६ औं मिनेटमा नेपालको तर्फबाट अनिल गुरुङ ले पहिलो गोल गरेका थिए। यस पछी एक मिनेट भित्र नै विजय गुरुङ ले नेपालको लागी दोस्रो गोल गरेका थिए। यस पछी पेरी खेलको ७३ मिनेट औं मिनेटमा नेपालको तर्फबाट अनिल गुरुङ ले तेस्रो गोल गरे ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)