एनआरटी क्वार्टर फाइनलमा प्रवेश
MNN REPORTER Report | 7 Jan 2010 | Views: 169
काठमाडौं, पौष २३ । संकटालाई ३-० गोल अन्तरले हराउँदै एनआरटी ब्रिटिश गोर्खाकप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा एनआरटीले २ गोल गरेको थियो भने संकटाका रवि थापाले आत्मघाती गोल उपहार स्वरुप दिएका थिए ।
प्रतियोगिता अर्न्तर्गत दोश्रो खेलमा पश्चिमाञ्चलविरुद्ध एपिएफले एक तर्फी ९ गोल वर्षाएको छ । जीवेश पाण्डे र टोपबहादुर विष्टले हृयाटि्रक पूरा गरे भने गणेश लावतीले २ गोल गर्दा एक गोल पराजित टोलीका तर्फाट एपीएफलाई उपहार प्राप्त भएको थियो । आजका दुवै गोलमा एक एक गोल आत्मघाती भएका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)