राष्ट्र बैंकको गभर्नरमा दौडधूप, राजकर्णिकारको बलियो सम्भावना

MNN Reporter Report | 26 Jan 2010 | Views: 193

काठमाडौं, माघ १३ । काठमाडौं। नेपाल राष्ट्रबैकका गभर्नर विजयनाथ भट्टराईले गभर्नर पदबाट बिदा लिने भएपछि गभर्नर पदका लागि दौडधूपसुरु भएको छ ।

१८ माघबाट गभर्नर भट्टराईले अनिवार्य अवकाश लिने भएपछि गभर्नर पद हत्याउन चार अर्थविद्हरूले आफ्नो दौडधुप सुरु गरेका हुन् । भट्टराई बिदा बसिसकेका छन्

गभर्नर पदको दाबी गर्न अर्थमन्त्री सुरेन्द्र पाण्डे र एमाले नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकोमा केशव आचार्य, गोविन्दबहादुर थापा र युवराज खतिवडाले दौडधुप गरेका छन् भने अर्का अर्थविद् डा पुष्पराज राजकर्णिकार गभर्नरका लागि प्राथमिक सूचीमा रहेको स्रोतले बताएको छ ।

आचार्यले गभर्नर हात पार्न नेता अधिकारीलाई प्रयोग गर्न दौडधुप आरम्भ गरे पनि गभर्नरको प्राथमिक सूचीमा राजकर्णिकारको
नाम सिफारिस हुने स्रोतको दाबी छ ।

थापा एडीवीको डाइरेक्टर, आचार्य अर्थ मन्त्रालयको सल्लाहकार र युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेकाले राजकर्णिकारलाई गभर्नर बनाउनु पर्ने पक्षमा मत बलियो बन्दै जान थालेको हो ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal