एकीकृत माओवादी स्थायी समितिको बैठक बस्दै

MNN REPORTER Report | 27 Jan 2010 | Views: 151

काठमाडौं, माघ १३ । राष्ट्रिय स्वाधिनता लागि भन्दै भारत विरुद्ध आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक बस्दैछ । एकीकृत माओवादी विरुद्ध भारतमा पनि प्रदर्शन हुन थालेपछि त्यस विषयमा आजको बैठकमा गंभिर छलफल हुने जानकारी प्राप्त भएको छ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा चौथो चरणको आन्दोलनको समिक्षा र अर्को चरणको आन्दोलनका विषयमा पनि छलफल हुनेछ । त्यसैगरि सेना समायोजन, उच्चस्तरीय संयन्त्र, नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बैठकमा राजनीतिक गतिरोध र संविधान निर्माण प्रकृयाका विषयमा छलफल हुने एकीकृत माओवादी प्रवक्ता दीनाथ शर्माले जानकारी दिए ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal