राष्ट्रपति-कोइराला भेट
MNN Reporter Report | 7 Feb 2010 | Views: 198
काठमाडौ, माघ २४ । राष्ट्रपति डा.रामवरण यादव र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालको बीचमा आज भेटवार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा राष्ट्रपति यादवले कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उहाँहरुको बीचमा उपराष्ट्रपतिको सपथ, आसन्न भारत भ्रमण लगायतका विषयमा छलफल भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको काम र अबको राजनीतिक बाटोका बारेमा पनि गम्भीर छलफल भएको कोइराला निकट स्रोतले जनाएकोछ ।
राष्ट्रपति डा.यादव आउँदो फागुन ३ गतेदेखि ६ गतेसम्म २७ सदस्यीय टोलीसहित भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
यसैबीच निष्क्रिय रहनुभएको उपराष्ट्रपति परमानन्द झाले आफ्नो मातृभाषा मैथिलीमा सपथ लिँदै हुनुहुन्छ । दिउँसो साँढे तीन बजेपछि हुनेगरी सपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वाधिनताका पक्षमा आन्दोलन झनै आवश्कय: एकिकृत माओवादी
MNN REPORTER Report | 28 Jan 2010 | Views: 190
काठमाडौ, माघ १४ । एकिकृत माओवादीको स्थायी समितिको बैठकमा धारणा राख्ने सदस्यहरुले राष्ट्रिय स्वाधिनताका पक्षमा पार्टीले साचालन गरेको आन्दोलन भारतका पछिल्ला कृयाकलापले आवस्यक पुष्टि गर्दै गएको जनाएका छन् ।
माओवादीको पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा आज बसेको स्थायी समिति बैठकमा बोल्ने पदाधिकारीले नागरिक सर्बोच्चता र राष्ट्रियता सम्बन्धी आन्दोलनलाई थप शसक्त रुपमा चलाउन नेतृत्वलाई सुझाव दिएका हुन् । उनिहरुले आउदा दिनमा आन्दोलनलाई कसैसंग सम्झौता नगरि सन्चालन गर्नु पर्ने धारणा राखेको उपाध्यक्ष नारायणकाजि श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा अध्यक्ष प्रचन्डद्धारा प्रस्तुत भएको प्रतिबेदनमा महासचिव रामबहादुर थापा, कोषध्यक्ष अमिक शेरचन र सचिव सिपि गजुरेलले धारणा राखेका थिए । बैठक भोलि बिहान आठ बजे पुन: बस्ने गरेर आजका लागि सकिएको छ ।
तीन महिनाभित्र भू-उपयोग नीति बन्ने
MNN Reporter Report | 28 Jan 2010 | Views: 200
घरजग्गा कारोबार रोक्ने प्रस्ताव पारित भएन
काठमाडौं माघ १४ । व्यवस्थापिका संसदको प्राकृतिक श्रोत साधन समितिले ३ महिनाभित्र भू उपयोग नीति बनाउन भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सचिवालय सिंहदरबारमा बिहिबार बसेको बैठकले अनियन्त्रित र अव्यव्यस्थित रुपमा भएको प्लटीङको अध्ययन गरी प्रतिवेदन बुझाउन भूमिसुधार तथा व्यवस्था उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा विभिन्न दलका सभासद्हरुले काठमाडौमा अनियन्त्रित रुपमा भवन निर्माण भएकाले सरकारले यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सहभागी भूमीसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठले भूमिसुधार आयोगले फागुनसम्ममा आफ्नो प्रतिवेदन तयार गर्ने बताए । उनले जमिनको अनियन्त्रीत प्लटीङ रोक्ने बिषयमा सरकार सकारात्मक भएको बताए ।
बैठकमा विभिन्न दलका सभासद्हरुले जमिनमाथीको अतिक्रमण र जमिनको खण्डिकरणमा रोक लगाउन माग गरेका थिए । सोहि अनुसार सभापति शान्ता चौधरीले ३ महिनाका लागि घर जग्गा कारोवार रोक्ने विषयमा प्रस्ताव गरेपनि एकीकृत नेकपा माओवादी लगायतका सभासदहरुको विरोधका कारण प्रस्ताव पारित हुन सकेन । गगन थापा, रामकुमार शर्मा, रत्न गुरुङ्ग लगायतका सभाषदहरुले जमिनको प्लटिङ्ग रोक्न निर्देशन दिनुपर्ने बताएका थिए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)