काँग्रेसको विवाद विना निष्कर्ष टुंगियो ।
MNN Reporter Report | 7 Feb 2010 | Views: 227
काठमाडौं, माघ २४ । नेपाली कांग्रेस विवाद समितिको आईतबार बसेको बैठक विना निश्कर्ष टुङगिएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकबाट जिल्लामा भएका समानान्तर समितिलाई मिनाउन नसकेपछि बैठक विना निश्कर्ष टुङगिएको हो ।
समितिका सदस्य फरमुल्ला मनसुरले भोलिसम्म जिल्लाको विवाद मिलाएर मंगलबार बस्ने केन्द्रिय कार्य समितिको बैठकमा जानकारी गर्राईने बताउनुभयो । समिति सदस्य मनसुरले महाधिवेशनलाई केन्द्रित गरेर बाँकी रहेका १४ जिल्लाको विवाद मिलाउन भरमजदूर प्रयास गरिरहेको बताउनुभयो । कांग्रेस एकीकरणको लामो समय बितिसक्दा समेत देशभरका १४ जिल्लामा अझै विवाद कायम रहेको छ ।
पार्टी कार्यालयले ओखलढुङगा, रामेछाप, सोलुखुम्बु, संखुवासभा, मुस्ताङ, पर्वत, कैलाली, नुवाकोट, काभ्रे, धनुषा, बारा, पर्सा, प्युठान, सप्तरीमा कांग्रेस विवाद कायम रहेको जनाएका छन् । पार्टी केन्द्रिय सदस्यको उपस्थितीमा जिल्लाका नेता तथा कार्यकर्तालाई स्थानीय स्तरको विवाद टुङगो लगाउन नसकेपछि प्रकाशमान सिंहको संयोजकत्वमा विवाद समिति गठन गरिएको थियो ।
संमितिले जिल्लाको विवाद सुल्झाउन नसकेको पछि विवाद समितिको बैठक पटक पटक बसेपनि विवादलाई टुङगो लगाउन सकेको छैन । कांग्रेसले माघ पहिलो हप्ता भित्रमा विवाद समाधान गर्न समितिलाई निर्देशन दिएको थियो ।
तर जिल्लाका समानान्तर समितिलाई मिनाउन नसकेपछि तोकिएको समय विवाद सुल्झाउन नसकेपछि आईतबार पुन विवाद समितिको बैठक बसेको थियो ।
जिल्लाको विवाद टुङगो लगाउन नसक्दा कांग्रेसले क्रियाशील सदस्यता वितरणमा समेत ढिलाई भएको छ । कांग्रेस महासमितिले माघ १५ भित्रमा सबै जिल्लामा क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्ने तोकेको थियो । तर सबै जिल्लामा क्रियाशील सदस्यता नै बाँड्न नसकेपछि कंग्रेसले महाधिवेशनको तयारीमा समेत ढिलाई भएको बताएको छ ।
एमाले संसदीय दलको बैठक आज बस्दै
MNN REPORTER Report | 29 Jan 2010 | Views: 211
काठमाडौं, माघ १६ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालयमा बस्ने बैठकमा राज्यको शासकीय स्वरुप निर्धारण समितिमा देखिएको विवाद समाधान गरि एक विषयमा वोल्ने बिषयमा छलफल हुनेछ ।
त्यस्तै राज्यपुनसर्ंरचना र त्यसका लागि गठन गर्नुपर्ने आयोगका विषयमा पनि छलफल हुने सभासद अग्नीप्रसाद खरेलले जानकारी दिनुभयो । बैठकमा संसवधानसभा र संसदमा एमालेले खेल्ने भूमिकाका विषयमा छलफल हुनेछ । बैठक दिउसो १२ बजे बस्नेछ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)