सुनको भाउमा फेरि वृद्धि
MNN Reporter Report | 31 Jan 2010 | Views: 168
काठमाडौं, माघ १७ । यो साताको सुरुवातको कारोबारमा नेपाली सुन बजारमा सुनको भाउमा समान्य वृद्धि भएको छ । अमेरीकी डलरको भाउमा सामान्य गिरावट आएपछि अर्न्तराष्ट्रिय बजारमा कच्चा सुनको मुल्यमा बृद्धि आएसँगै स्थानीय बजारमा समेत त्यसको प्रभाव परेको हो ।
आइतबारको कारोबारमा नेपाली सुन बजारमा सुनको भाउ वृद्धि भई प्रति १० ग्राम छापावाल सुनको भाउ २७ हजार २ सय ६५ रुपैयाँमा झरेको छ । यस अघि गत साताको अन्तिम कारोबारमा शुक्रबार २७ हजार १ सय ३५ रुपैयाँ थियो ।
त्यसैगरी आइतवारको कारोबारमा प्रति १० ग्राम तेजावी सुन २७ हजार ८५ रुपैयाँ र प्रति १० ग्राम असली चाँदी ४ सय ५४ रुपैयाँ ५० पैसा कायम रहेको नेपाल सुन चादीँ व्यसायी संघले जनाएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)