जमिमका हत्यारालाई पक्रेर कारवाही गर्न माग गर्दै आज पत्रकारहरुले सडक प्रदर्शन गर्ने

MNN REPORTER Report | 8 Feb 2010 | Views: 111

काठमाडौं, माघ २६ । च्यानल नेपाल तथा स्पेस टाइम नेटवर्क प्रालिका अध्यक्ष जमिम शाहको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ र संचार क्षेत्र सम्बद्ध संघसंस्थाहरुले राजधानीमा आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

अपरान्ह ३ बजे राजधानीको शान्ति बाटिकाबाट सुरु हुने विरोध र्‍यालीले बसन्तपुरमा पुगेर सभामा परिणात हुनेछ । विभिन्न संघसंस्थाहरुले अध्यक्ष शाहको हत्याको भर्त्सना गर्दै दोषी पत्ता लगाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

लाजिम्पाटमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले आइतबार शाहलाई गोली हानी हत्या गरेका थिए । हत्याको जिम्मेवारी छोटा राजन समूहले लिएको छ ।

प्रहरीले हत्याराको खोजीलाई तिब्र बनाएको काठमाडौ प्रहरी प्रमुख गणेश केसीले बताएका छन् । हत्यारालाई पक्रनका लागि राजधानीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal