चाँगुनारायणमा अनौठो रोगबाट १० को मृत्यु

MNN REPORTER Report | 9 Feb 2010 | Views: 145

रमेश गिरी (भक्तपुर), माघ २६ । भक्तपुरको चाँगुनारायण गाविस वडा नं. ४ र ५ मा आकस्मिकरुपमा देखिएको अनौठो रोगका कारण एक सातामा १० जनाको मृत्यु भईसकेको जानकारी प्राप्त भएको छ ।

सुरुमा १० देखि १५ मिनेट ज्वरो आउने, अलिअलि काम्ने, मुखबाट र्‍याल काट्ने त्यसपछि केही घण्टामै मृत्यु भईहाल्ने गरेको स्थानीय कान्छा तामाङले बताए ।

चाँगुको विकट मानिने खहरेखोला क्षेत्रमा रहेको दुर्गम तामाङगाउँमा एक महिनादेखि यस्तो रोग देखा परेको र केही दिनदेखि रोग लागे लगत्तै मृत्यु हुन थालेको उनले बताए ।

तीनदिनअघि मात्रै २५ वर्षका राछेक तामाङ यही रोगले मृत्यु भएको बताउँदै यही रोगकै कारण अहिले १० जनाको मृत्यु भइसकेको तामाङले जानकारी दिए ।

मृत्युहुनेहरुमा वडा नं. ४ का २१ वर्षीय कुमार तामाङ, २९ वर्षीया रिसीमाया तामाङ, वडा नं. ५ की ३२ वर्षीया बिला तामाङ, ४२ वर्षीया पूर्णिमाया तामाङ रहेको पनि कान्छा तामाङले बताए । अरु पाँच जना मृतकको नाम थाहा हुन सकेको छैन ।

चाँगुनारायण गाविस सचिव ध्रुव श्रेष्ठले रोग फैलिएको थाहा पाएर जनस्वास्थ्य कार्यालयलाई खवर गरेको र त्यहाँबाट मृत्यु हुनेको शव परीक्षण गरेको बताउनुभयो ।

स्थानीयबासीले भने माहामारी फैलिन लाग्दा पनि जिल्ला प्रशासन, जनस्वास्थ्य र अन्य निकायले चासो नदिएको गुनासो गरेकाछन् ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal