अचानक मौसम परिवर्तन, मुलुक भरि चिसो, पहाडी ठाउँमा हिमपात

MNN REPORTER Report | 9 Feb 2010 | Views: 141

काठमाडौ, माघ २६ । पश्चिमी वायुको प्रभावका कारण राजधानीलगायत मुलुकभर विहानैदेखि वर्षा भएको छ भने नेपालको सुदूरपश्चिमी पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

राजधानीलगायत मुलुकभर मंगलबार विहानैदेखि पानी परेपछि मौसम चिसो भएको छ । वर्षाका कारण राजधानीका मुख्य बजारहरुमा चहलपहल कम छ भने विगत दिनका तुलनामा कम सवारीका साधन गुडेका छन् । मौसमविदहरुका अनुसार पानी पर्ने क्रम तीन दिनसम्म जारी रहने छ ।

सामान्यतः माघ महिनामा पानी पर्ने गरेपनि विगत दस वर्षदेखि नियमित हिउँदे वर्षा नभएको अवस्थामा आज पानी पर्नुलाई सुखद मान्नुपर्ने मौसमविदहरुको भनाई छ ।

गएरातिदेखि डडेलधुरा, बैतडि, बाजुरा, हुम्ला, जुम्ला, मुगु, बझाङलगायत जिल्लामा बाक्लो हिउँ जमेको छ ।

बाक्लो हिमपातका कारण सुदूरपश्चिमका विद्यालयहरु बन्द गरिएको छ भने सर्वसाधरणहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।

जुम्लाबाट खाद्यान्न लिएर मुगुतर्फ हिँडेका खच्चडहरु बाक्लो हिमपातका कारण बाटोमै रोकिएका छन् । जुम्लामा हवाईसेवा, विद्युत र सन्चार अबरुद्ध भएका छन् ।

रुकुमको हवाइ र स्थल सेवा अबरुद्ध
गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती लोकमार्गअन्तर्गत रुकुम-सल्यान सडकखण्ड अबरुद्ध भएको छ । वर्षातले सडक चिप्लो भएपछि सम्पूर्ण यातायातका साधनहरु सदरमुकाम मै थन्किएका छन् । यातायात सेवा अवरुद्ध भएपछि रुकुमबाट दाङ, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा जाने यात्रुहरु सदरमुकाम खलङ्गामै बस्न बाध्य छन्

वर्षातकै कारण रुकुमको हवाइसेवा पनि प्रभावित भएको छ । रुकुमको सल्ले एयरपोर्ट वरपर बाक्लो हुस्सु लागेकोले हवाईसेवा बन्द भएको हो ।

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal