नेपाललाई सार्कको निम्तो : भुटानी अर्थमन्त्री-प्रधानमन्त्री भेट
MNN REPORTER Report | 9 Feb 2010 | Views: 132
काठमाडौं, माघ २७ । प्रधानमन्त्री माधवकुमार नेपालसंग भूटानी अर्थमन्त्री ल्याम्पो खाण्डु वाङचुङले आज भेट वार्ता गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान भेटवार्ता भएको हो ।
भूटानी अर्थमन्त्री वाङचुङ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १६औं शिखर सम्मेलनको औपचारिक निम्तो दिन नेपाल आएका हुन् । सार्क स्थापनाको २५ वर्षमा पहिलो पटक आगामी बैशाख १६ र १७ गते शिखर सम्मेलन आयोजना गर्ने भएको छ। माल्दिभ्सले गत वर्ष सम्मेलन गर्न नसकेपछि नेपाललाई अनुरोध गरेको थियो । नेपालले पनि नसक्ने जनाएपछि भूटानले गर्न लागेको हो । अफगानिस्तानबाहेक सार्कका अन्य मुलुकले यसअघि दुई वा तीन पकट शिखर सम्मेलन आयोजना गरिसकेका छन् ।
भूटानका पूर्व प्रधानमन्त्रीसमेत रहेका वाङचुङले प्रधानमन्त्री माधवकुमार नेपालसंग भेट गरी सार्क शिखर सम्मेलनको औपचारिक निम्ता दिएका हुन् । भेटमा भूटानी शरणार्थी समस्याका विषयमा समेत अनौपचारिक कुराकानी भएको बताइएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)