प्रधानमन्त्री नेपाल आज नेपालगंज जानुहुने
MNN REPORTER Report | 9 Feb 2010 | Views: 140
काठमाडौं, माघ २७ । प्रधानमन्त्री माधवकुमार नेपाल आज नेपालगञ्ज जानु हुने भएको छ । राप्ती नदीमाथि बनाइएको ३ सय ४२ मिटर लामो पुलको प्रधानमन्त्री माधवकुमार नेपालले आज एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम छ ।
१९ करोड ९७ लाख ७६ हजार ५ सय ८७ रुपैयाँ कुल लागतमा निर्माण गरिएको पुलले राप्तीपारिका कदकुइया, कालाफाँटा, लक्ष्मणपुर, गंगापुर, मटेहिया, फत्तेपुरलगायतका गाविसलाई नेपालगञ्जसंग जोड्नेछ।
२०५८ साल मंसिर २२ गते पुल बनाउन सुरु गरिएको हो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)