समयमै संविधान बनाउन माग गर्दै नागरिक आन्दोलनद्वारा आन्दोलनको घोषणा
MNN Reporter Report | 10 Feb 2010 | Views: 175
काठमाडौ, माघ २७ । तोकिएको समयमै संविधान बनाउन माग गर्दै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलद्वारा संचालित नागरिक सत्याग्रह अन्र्तगतका विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
राजधानि स्थित मार्टिन चौतारीमा नागरिक आन्दोलनले आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
नागरिक आन्दोलनले उपत्यका भित्र गरिने आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ४ गते नागरिक सभा र नागरिक जागरण जागरण यात्रा फागुन १५ गते देखि १७ गते सम्म ४८ घण्टे नागरिक खबरदारी धर्ना फागुन २५ गते नागरिक नागरिक खबरदारी सभा लगायतका कार्यक्रम रहेका छन् ।
संघीय गणतन्त्रलाई संस्थागत गरिनु पर्ने जनादेश अनुसार समयमै संविधान बन्नु पर्नेसहमतिको राजनीति हुनु पर्ने शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनु पर्ने अन्तराष्ट्रिय फोजदारी अदालतको विधानलाई अनुमोदन गनु पर्ने लगायतको माग उनीहरुले राखेका छन् ।
कार्यक्रममा बोल्दै नागरिक आन्दोलनका डा देवेन्द्र पाण्डेले दलहरुले संविधान सभालाई भन्दा अन्य कार्यक्रमलाई समय दिएका कारण समयमै संविधान बन्न नसकेको बताए ।
यदि दलहरु संवेदनशिल भएर लागेमा अझै पनि तोकिएको समयभित्र संविधान बनाउन सकिने जिकिर उनले गरे ।
नागरिक आन्दोलनका डाक्टर शुन्दरमणि दिक्षितले उच्चस्तरीय संयन्त्रले संविधान सभाका लागि कुनै सहयोग नहुने भन्दै संविधान बनाउन नेताहरुको मन स्तरीय हुनुपर्ने बताए ।
कार्यक्रममा नागरिक आन्दोलनका अन्य सहभागिले विभिन्न समूदायको अधिकार प्रत्याभुति गराएर मात्र संघीयतामा जानु पर्ने भदै संघीयता बारे आफूहरुको कुनै मत नरहेको बताए ।
<a href="http://jdmpjlvyorhknin.com">rpjfntgesrqqslx</a> http://yxtlrckghneilaa.com [url=http://bwcefvqsossmlmr.com]gntlirqzszlzlyn[/url]
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)