माओवादीलाई विनाशको बानी छाड्न प्रधानमन्त्रीको आग्रह
MNN Reporter Report | 10 Feb 2010 | Views: 180
काठमाडौ, माघ २७ । प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई ‘नानीदेखि लागेको विनासको वानी’ छाड्न आग्रह गरेका छन् ।
वाँकेको कम्दीस्थित राप्ती पुलको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले ध्वंसको राजनीतिले कसैलाई फाईदा नपुग्ने भन्दै इमानको राजनीति गर्न माओवादीलाई सुझाव दिएका छन् ।
उहाँले निषेधको राजनीति त्यागी सहमति र सहकार्यका साथ अघि वढ्न माओवादीलाई आग्रह गर्दै सरकार निर्माणका कार्यमा दु्रत गतिमा अगाडि वढिरहेको बताए ।
विकासका पूर्वाधारविना देशको विकास हुन नसक्ने तथ्यलाई आफूले राम्रोसंग वुझेको भन्दै प्रधानमन्त्री नेपालले निर्माणको राजनीति अंगिकार गर्न सबैसंग आग्रह गरे ।
सडक र पुल निर्माणलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा पारेको उनको भनाई थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने बताए । सरकार ढाल्नलाई माओवादीले गलत शैली अपनाए पनि त्यो सम्भव नभएकाले उसले पनि अहिले सहमति र सहकार्य चाहेको दाबि गरे ।
उप्रधानमन्त्री गच्छदारले भन्नुभयो ‘यो २२ दलको समर्थनमा वनेको सरकार हो, कसैले चाहेर ढल्दैन ।’
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)