सिमरा विमानस्थलबाट रात्रि उडान को तयारी
MNN REPORTER Report | 10 Feb 2010 | Views: 179
काठमाडौ, माघ २७ (रासस) । नेपालमा पहिलोपटक विमान अवतरण भएको सिमरा विमानस्थलले चालु आर्थिक वर्षको छ महिनामा ५३ लाख भन्दा बढी रुपैयाँ राजश्व सङ्कलन गरी अब नयाँ व्यवस्थाअनुसार रात्रि उडान भर्ने तयारी गरिरहेको छ ।
गत आर्थिक वर्षको सोही समयको दाँजोमा यस पटक २२ प्रतिशतले वृद्धि भै साउनदेखि पुस महिनासम्ममा रू. ५३ लाख २४ हजार ४७७ राजश्व सङ्कलन गरेको सिमरा विमानस्थल कार्यालयले जनाएको छ ।
यस विमानस्थलमा विगत छ महिनामा एक हजार ९१ नियमित र ५५ वटा विशेष विमान अवतरण भएको छ । यहाँ उडान भर्ने बुद्ध एयर, यति एयर, गुण एयर, तारा एयर र सीता एयरमा चढेर ३५ हजार ८०० यात्रुले उडान गरेका छन् ।
जसमध्ये सिमराबाट राजधानी २० हजार ७७ र काठमाडौँ सिमरा १५ हजार सातसय २३ जनाले यात्रा गरेका छन् ।
विमान अवतरणबाट चार लाख ५७ हजार २३२, विमानस्थल शुल्कबाट एक लाख १४ हजार ३०८, विमानयात्रु शुल्कबाट ३३ लाख ८१ हजार ९०० रुपैयाँ गरी छ महिनामा सो राजश्व असुल भएको सिमरा विमानस्थलका लेखा अधिकृत सुवर्णलाल श्रेष्ठले बताउनुभयो ।
सिमरा विमानस्थलबाट १४ मिनेटमा राजधानी जानआउन सकिने र भारतीय सीमा भन्दा २५ किलोमिटर टाढा मात्र रहेकोले भारतीयहरुले समेत यो विमानस्थल प्रयोग गरेको देखिन्छ ।
यो विमानस्थल बारा, पर्सा, रौतहटलगायतका व्यापारी, उद्योगी, जनप्रतिनिधि तथा पर्यटकहरु लाभान्वित भएको सिमरा विमानस्थलका कार्यालय प्रमुख विक्रम राज गौतमले बताउनुभयो ।
बन्द, हडताल लगायतले गर्दा स्थलमार्गमा यात्रा गर्दा कष्ट भोग्नुपर्ने बाध्यताबाट मुक्ति पाउन विकल्पको रूपमा यहाँबाट चल्ने विमान सेवा रहेको सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज पौडेलले बताउनुभयो ।
सिमरामा चाडैँ नै रात्रि उडान गर्ने प्रयास भइरहेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो ।
<a href="http://wrhoarkphmrcryf.com">efkbdtqgocbmbap</a> http://ikbjheyspgpmaow.com [url=http://hsxarfffgomktgr.com]qtpkbpybbqrcazc[/url]
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)